Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

भैरवी मन्दिरमा सिसिटिभी क्यामेरा जडान

भैरवी मन्दिरमा सिसिटिभी क्यामेरा जडान
बागमती सन्देश
१ साल अगाडी

विदुर – युनिभर्सल कम्प्युटरले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार युनिभर्सलले नुवाकोटस्थित भैरवी मन्दिर अर्थात् अष्टमातृका मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरेको छ।

नुवाकोट युथ क्लबको व्यवस्थापनमा हुने गरी मन्दिरमा सिसिटिभी क्यामेरा जडान गरिएको युनिभर्सलका सञ्चालक नारायणकुमार घलेले जानकारी दिए ।

यस सहयोगबाट मन्दिर परिसरमा आउने भक्तजनहरुको सुरक्षा र पुरातात्विक मन्दिरको भौतिक संरचनाहरुको संरक्षण गर्न मद्दत पुग्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश