Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

८८ जना मोतियाविन्दु बिरामीको शल्यक्रिया

८८ जना मोतियाविन्दु बिरामीको शल्यक्रिया
बागमती सन्देश
१ साल अगाडी

विदुर – नेपाल रेडक्रस सोसाईटी नुवाकोटको प्राङ्गणमा भएको दुई दिने आँखा शल्यक्रिया शिविरमा ८८ जना मोतियाविन्दु बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजनामा भएको शिविरमा महिला ५२ जना र पुरुष ३६ जनाको मोतियाविन्दु भएको आँखाका बिरामीको सफल शल्यक्रिया गरिएको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका सभापति हरी श्रेष्ठले जानकारी दिए।

सामुदायिक आँखा केन्द्र नुवाकोट र विदुर युवा रेडक्रस सर्कलको समन्वयमा भएको शिविरमा तिलगंगा आँखा प्रतिष्ठानका डा. कृपा वैद्यको चिकित्सक टोलीले उपचार गरेका थिए।

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य रमेशकुमार महतले शिविरमा सहयोग गर्ने संस्थाहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्तिक २८ गते देखि मङ्सिर ४ गतेसम्म भएको शिविरबाट एक सय २१ जना आँखामा मोतियाविन्दु भएका बिरामी छनौट गरिएको रेडक्रसका कार्यालय प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।

शिविरमा आँखाको शल्यक्रिया गरिएका बिरामीहरुलाई नि:शुल्क औषधी वितरण गर्नुको साथै शल्यक्रिया गरिएको आँखाको स्वास्थ्य सुरक्षाबारे सचेतना गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश