Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी कार्यालयमा भगवती मन्दिर स्थापना

प्रहरी कार्यालयमा भगवती मन्दिर स्थापना
बागमती सन्देश
१ साल अगाडी

विदुर – जिल्ला प्रहरी कार्यालय नुवाकोटको परिसरमा भगवतीको मन्दिर स्थापना गरिएको छ ।

शनिबार (आज) एक समारोहकाबीच नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले मन्दिरको उद्घाटन गरेका हुन् ।

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि, समाजसेवी, निर्माण व्यवसायीलगायतको आर्थिक र जिन्सी सहयोगमा मन्दिर निर्माण गरिएको नुवाकोट प्रहरी प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए। मन्दिरको लागत १० लाख ८९ हजार ४९३ रुपैँया रहेको उनले जानकारी दिए।

यसघि मन्दिर निर्माणको लागि जेभी फाउन्डेसनले मूर्ति, गजुर र अष्टमण्डल प्रदान गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश