Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रेडक्रस सर्कलद्वारा सामाग्री सहयाेग

रेडक्रस सर्कलद्वारा सामाग्री सहयाेग
बागमती सन्देश
१ साल अगाडी

३० मङ्सिर, नुवाकोट – विदुर युवा रेडक्रस सर्कलले विपन्नवर्गका एक परिवारलाई सामग्री सहयोग गरेको छ ।

नेपाल रेडक्रस सोसाईटि नुवाकोटबाट प्राप्त उक्त सामग्री आज एक कार्यक्रमकाबीच मन्दिरका रेखदेखकर्ता ज्ञानु ओझालाई सर्कलका अध्यक्ष सुमन श्रेष्ठले सामग्री हस्तान्तरण गरेका छन् ।

विदुर नगरपालिका-२ मा रहेको वनदेवी मन्दिर रेखदेख गर्ने व्यक्तिलाई सामग्री सहयोग गरिएको सर्कलका अध्यक्ष श्रेष्ठले जानकारी दिए । चिसो बढेसँगै केहि राहत होस् भन्ने हेतुले उक्त सामग्री सहयोग गरिएको उनले बताए ।

सहयोग सामग्रीमा ब्ल्यांकेट, पाल, भाँडाकुँडा, कपडालगायतका सामग्री रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश