७ पुस, नुवाकोट । काफलगेडी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा शनिबार विदुरमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता एवम् विदुर नगरपालिका सहकारी शाखा प्रमुख नानीमैया नेपालको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले गत आव २०८०/०८१ को प्रगति प्रतिवेदन र चालुआर्थिक वर्षको नीति तथा कार्यक्रमपेश गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ता, ऋणी, व्यवसायी, सक्रिय शेयर सदस्य, शेयरसदस्यका छोरा छोरीमध्ये एसइईमा उत्कृष्ट अङ्क ल्याउनेलाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्ममा संस्थाको सेयर पुँजी २ करोड ५ लाख १३ हजार २०० रुपैयाँ, जगेडा कोषमा १५ लाख ५८ हजार ९६६ रुपैयाँ र बचत तथा निक्षेप ८ करोड १५ लाख ७५ हजार ८२० रुपैयाँ रहेको छ ।




प्रतिक्रिया