Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

खड्गभञ्ज्याङ महिला सहकारीको साधारणसभा सम्पन्न

खड्गभञ्ज्याङ महिला सहकारीको साधारणसभा सम्पन्न
बागमती सन्देश
१ साल अगाडी

७ पुस, नुवाकोट । खड्गभन्ज्याङ्ग महिला साना किसान सहकारी संस्था लिमिटेडको ५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

संस्थाकी अध्यक्ष सावित्री ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा विदुर नगरपालिका वडा नं ३ अध्यक्ष बद्रीप्रसाद रिमालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा विदुर नगरपालिका सहकारी शाखा प्रमुख नानिमैया नेपाल, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका लेखा समिति सदस्य पवित्रा घिमिरेलगायत संस्थाका बचत तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाकी अध्यक्ष सावित्री ठकुरीले वर्तमान र भावि लक्ष्य योजना प्रतिवेदन पेश गरेकी थिईन् । अध्यक्ष ठकुरीले सानो सानो रकम बचत र आवश्यक कर्जा प्रवाह सदुपयोग गरि आत्मनिर्भर दी गो विकासमा टेवामा मेरुदण्ड रूपमा रहने बताईन् ।

प्रबन्धक चन्द्रकला खतिवडाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, मैना रिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

संस्थाको बचत समुह १०५ वटा रहेको छ । संस्थाको महिला ६११ र पुरुष ३ जना गरि कुल ६१४ जना बचत तथा शेयर सदस्यहरु रहेको छ । सहकारीको चालुपूँजी ५ करोड ५ लाख ६६ हजार ४३७ रुपैँया रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश