Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण

अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण
बागमती सन्देश
१ साल अगाडी

९ पुस, नुवाकोट । नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको छ ।

मङ्गलबार नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाद्वारा विदुर नगरपालिकाको देवीघाटमा आयोजित कार्यक्रममा स्थानीय ५० जना अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको संस्थाका अध्यक्ष भरतप्रसाद दाहालले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखा र कमलादी उपशाखाको सहयोगमा उक्त सामाग्री वितरण गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा १० जना रक्तदाताहरुले रगतदान गरेका छन् । रक्तदानमा नेपाल सोसाइटी नुवाकोट शाखाको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग र नेपाल सोसाइटी जालपादेवी उपशाखाको समन्वय रहेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश