Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

विदुरमा डिजिटल नागरिक बडापत्र

विदुरमा डिजिटल नागरिक बडापत्र
बागमती सन्देश
१ साल अगाडी

११ माघ, नुवाकोट । विदुर नगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाको कार्यपालिकामा सेवा लिन आउने सेवाग्राहीको सहजताका लागि डिजिटल नागरिक बडापत्र राखिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले आफ्ना सेवाहरुलाई प्रभावकारी र जनमैत्री बनाउने उद्देश्यले कार्यपालिकामा डिजिटल बडापत्र राखेको उनले बताए ।

कार्यालयबाट प्रवाह हुने सेवा, जनप्रतिनिधी, कर्मचारीलगायतको विस्तृत जानकारीसहितको डिजिटल बडापत्र राखिएको हाे ।

डिजिटल बडापत्रमा आफुले कुन सेवा लिन चाहेको हो त्यसको बारेमा विस्तृत रुपमा जानकारीको विवरण राखिने थप कार्य भई रहेको सूचना प्रविधि अधिकृत प्रेक्षा शाहले जानकारी दिईन् ।

भिडिओ

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश