Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाका सात स्थानमा विद्युत आपूर्ति बन्द हुने

विदुर नगरपालिकाका सात स्थानमा विद्युत आपूर्ति बन्द हुने
बागमती सन्देश
१ साल अगाडी

२६ वैशाख, नुवाकोट । विदुर नगरपालिकाका शनिबार वैशाख २७ गते (भोलि) सात स्थानमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै विदुर नगरपालिकाका सात स्थानमा बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

त्रिशूली सबस्टेशनअन्तर्गत फिडर नम्बर ६ का वितरण लाइनहरूको बुस कटिङ्ग र मर्मत कार्यका लागि आपूर्ति अवरुद्ध गर्न लागिएको हो ।

नगरपालिकाको सदरमुकाम विदुर, बट्टार, पिपलटार, आँपघारी, इनारपाटी, गङ्गटे र माझीटार क्षेत्रमा विद्युत् बन्द रहने छ।

केन्द्रले काम सम्पन्न भएसँगै समयभन्दा अगावै लाइन सञ्चालनमा ल्याइने जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश