Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्र दिवसमा प्रभातफेरी, रक्तदान र स्वास्थ्य जाँच

गणतन्त्र दिवसमा प्रभातफेरी, रक्तदान र स्वास्थ्य जाँच
बागमती सन्देश
१ साल अगाडी

जेठ १५, विदुर । राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा नुवाकोटमा विविध कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

जिल्ला मूल समारोह समितिले आयोजनामा विदुर नगरपालिकाको बट्टारदेखि सदरमुकाम विदुरस्थित लोकतान्त्रिक चौतारोसम्म पन्चेबाजासहित प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा जनप्रतिनिधि, कर्मचारी, पत्रकार, नागरिकहरुको सहभागिता रहेको थियो ।

समितिकै आयोजनामा रक्तदान र स्वास्थ्य जाँच गरिएको थियो । नेपाल रेडक्रस सोसाईटी नुवाकोटको सहजीकरणमा भएको रक्तदानमा २० जनाले रगत दान गरेको थियो । रक्तदानमा महिला पाँच र पुरुष १५ जनाले रक्तदान गरेका थिए ।

त्रिशूली अस्पतालको सहजीकरणमा भएको स्वास्थ्य परीक्षणमा मधुमेह र रक्तचापको जाँच गरिएको थियो ।

यसैगरी, बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नुवाकोटबाट छनौट (विजयी) भएका एकसय १२ खेलाडीहरुलाई विदाई गरेको थियो ।

शिवपुरी गाउँपालिकाले प्रसाशनिक कार्यालयदेखि शेराबगर प्रहरी चौकीसम्म प्ले कार्डसहितको प्रभातफेरी गरेको थियो। साथै कृषि उपज संकलन केन्द्रमा गणतन्त्र दिवस २०८२ का सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश