८ असार, नुवाकोट । त्रिशूली अस्पतालले आजदेखि औषधि बैंक सेवा (औषधि दान पेटिका) सुरु गरेको छ ।
आईतबार एक कार्यक्रमका बीच अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी र अस्पताल निर्देशक डा. राजेन्द्र लामाले संयुक्तरुपमा सो सेवा सुरुवात गरेका हुन् ।

अस्पतालमा उपचार गर्न आएका बिरामीहरुले प्रयोग गरेर बढी भएको औषधिहरुलाई असहाय, गरिब, विपन्न वर्गका बिरामीको उपचार सहजगता होस् भन्ने हेतुले उक्त सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष बुढाथोकीले बताए ।
अस्पताल निर्देशक डा. लामाले अस्पतालमा बिरामी भेट्न जाँदा फलफुलको सट्टा उपचारको लागि आवश्यक औषधि किनेर दिने परम्परा बसाल्न उक्त सेवा सुरु गरिएको बताए ।
उक्त सेवामा जोडिन अस्पतालबाट उपचार पाएर निको भएपछि बिरामीलाई आवश्यक नपर्ने बढी भएको औषधिलाई औषधि दान पेटिकामा राख्न सक्ने उनले बताए ।
हरेक साता उक्त पेटिकामा सङ्कलन भएको औषधिको स्थिति र मितिको चेकजाँच गर्ने प्रबन्धको व्यवस्था गरेको छ।




प्रतिक्रिया