Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कानुनसम्मत कर्जा लगानी असुल गरौँ: अध्यक्ष ढकाल

कानुनसम्मत कर्जा लगानी असुल गरौँ: अध्यक्ष ढकाल
बागमती सन्देश
४ महिना अगाडी

१८ साउन, विदुर । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडको आयोजनामा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ।

आईतबार कोलेनीमा भएको कार्यक्रममा सङ्घका अध्यक्ष नारायण श्रेष्ठको सभापतित्व र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा अध्यक्ष ढकालले सहकारी संस्थाको आधिकारिक दर्ताको प्रमाणपत्र तथा कागजातहरु सबै सदस्यहरुले कार्यालयमा देखिने स्थानमा राख्न निर्देशन दिए । सहकारीले कारोबार तथा वस्तुस्थिति मासिकरुपमा सूचना प्रवाह सुस्त दुरुस्त राख्नुपर्छ। कानुनसम्मत लगानी भएको कर्जा असुलको लागि पूर्ण प्रक्रियागत रुपमा पत्राचार गर्दा पनि असुल नभए सहकारी प्राधिकरणमा मुद्दा दर्ता गरी प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।

“सो मुद्दा प्रक्रियाको लागि नेफ्स्कुनले फारम प्रतिपादन गरेको छ । सोहिअनुसार फाराम भरी कानुनी प्रक्रिया अघि बढाउन सहज हुनेछ” उनले भने।

सहकारी सुशासनले समग्र आर्थिक समृद्धिमा लम्कने नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लिमिटेडका अध्यक्ष श्रेष्ठले बताए ।

अध्यक्ष ढकालसहितकाे टाेली काफलगेडी र त्रिशूली बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे निरीक्षण समेत गरेकाे थियाे ।

जिल्ला सहकारी सङ्घ नुवाकोटका पदाधिकारी तथा सदस्यहरु र सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा बचत तथा ऋणको मूख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड सम्बन्धमा छलफल भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश