२६ साउन, नुवाकोट । आईतबार राती विदुर नगरपालिका-५ पिपलटारमा एक कारको ठक्करबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा तारकेश्वर गाउँपालिका-६ गोर्स्याङ्गका ५७ वर्षीय धनबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जनाकारी दिए ।
गङ्गटेबाट बेलकोटगढीतर्फ गइरहेको कारले सडकको छेउमा हिँडिरहेको तामाङलाई ठक्कर दिएको स्थानियले बताउँछन् ।
घाइते तामाङको टाउँकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको त्रिशूली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले कार र त्यसका चालक बेलकोटगढीका बद्री बस्नेतलाई नियन्त्रणमा लिएर अनुसनधान गरिरहेको छ ।




प्रतिक्रिया