Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

दुर्घटनामा मृत्युपछि आफन्तद्वारा प्रदर्शन

दुर्घटनामा मृत्युपछि आफन्तद्वारा प्रदर्शन
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – शनिबार राती गाडिको ठक्कर बाट नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ३ पट्टाबारीमा एक युवकको ज्यान गएको छ ।

सुर्यगढी गाउँपालिका वडा नम्बर ५ काे घर भै लिखु ३ पट्टावारी बसाेवास गर्दै आएका कमानसिंङ तामाङकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए । टोखा-छहरे-ढिकुरे सडक हुँदै काठमाडौंबाट आउदै गरेको प्रदेश ३-०१-०२२ नम्बरको बोलेरो गाडिले बा६३प ४६९५ नम्बरको बाईकमा सवार तामाङलाई ठक्कर दिएको हो ।

घटनापछि आइतबार बिहानैदेखि मृतकका आफन्त र स्थानियले दाेषी लाई कारबाही र पिडीत पक्षलाई क्षतिपूर्ति काे माग गर्दै ढिकुरेमा सवारी बन्द गराएका छन ।

लिखु गाउँपालिका-४ ढिकुरे बजारमा टायर बालेर सडक अबरुद्ध गरिएको कारण नुवाकोटबाट टोखा-छहरे-ढिकुरे भएर सन्चालन हुने सवारी साधन सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश