Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठ २८मा

अनेरास्ववियु नुवाकोटको जिल्ला अधिवेशन जेठ २८मा
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नुवाकोटको १७औ जिल्ला अधिवेशन यहि जेठ २८ र २९ मा हुने भएको छ।

अनेरास्ववियु नुवाकोट जिल्ला कमिटीको मंगलबार नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा बसेको बैठकले भेलाको मिति तय गरेको हो ।

नेकपा एमालेका युवा नेता राजु तिवारीको प्रमुख आतिथ्यता एवं अनेरास्ववियु नुवाकोट जिल्ला कमिटी अध्यक्ष विष्णुहरि रिमाल सत्यको अध्यक्षतामा बसेको बैठकले पाँच हजार सदस्यता वितरण गर्ने निर्णय गरेको अनेरास्ववियु जिल्ला सचिव प्रशान्तजंग पाण्डेले जानकारी दिए ।

विद्यार्थीको हकहित,अधिकार प्रतिष्ठा प्राप्ति संरक्षण एवं सम्वर्दनमा दृढताका साथ लाग्न एमाले नेता तिवारीले बैठकलाई निर्देशन दिएका छन्।

बैठकलाई अनेरास्ववियुका केन्द्रीय सदस्य विष्णु दाहाल, एमाले युवा नेता बाशुदेव गजुरेल, अनेरास्ववियु केन्द्रीय सदस्य पवन प्याकुरेल लगायत नेताले संगठनलाई गतिशिल बनाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश