Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सामुदायिक विकास केन्द्रद्वारा स्वास्थ्य सामाग्री प्रदान

सामुदायिक विकास केन्द्रद्वारा स्वास्थ्य सामाग्री प्रदान
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – साुदायिक विकास केन्द्र (सिडिसी) नेपालले केयर नेपालको साझेदारमा व्यक्तिगत सुरक्षाका विभिन्न स्वास्थ्य सामाग्रीहरु स्वास्थ्य कार्यालय नुवाकोटलाई हस्तान्तरण गरेको छ ।

मङ्गलबार सिडिसी नेपालका अध्यक्ष नारायण नेपालले स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेलाई पि.पि.ई सेट २० थान, सेनिटाइजर ५ लिटर, पन्जा ४० प्याकेट, माक्स १० प्याकेट हस्तान्तरण गरेको हो ।

जिल्लामाकोभिड संक्रमितको दर वृद्धि भईरहेको परिवेशमा यस्तो सहयोगले केही राहत मिल्ने जानकारी स्वास्थ्य कार्यालयका प्रमुख घिमिरेले बताए ।

कोभिड–१९ ले विश्वलाई नै आतंकित गरिरहेको वर्तमान अवस्थामा पर्याप्त मात्रामा ब्यक्तिगत सुरक्षा सामागीहरुका अभावमा स्वास्थ्यकर्मीहरु जोखिमपुर्ण सेवा दिन बाध्य भएको विषम परिस्थितिलाई सहज बनाउन सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको सिडिसी नेपालका अध्यक्ष नेपालले बताए । अबको दिनमा पनि समुदाय र सरकारसँग सहकार्य गदै कार्य जाने उनले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश