Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

थप १६ कोरोना संक्रमित थपिए, ४ निको भए

थप १६ कोरोना संक्रमित थपिए, ४ निको भए
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सङ्क्रमित हुनेमा महिला १० र पुरुष ६ जना रहेका छन् । सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका ८ जना, सुर्यगढ़ीका ४ जना, तारकेश्वरका २ जना र बेलकोटगढी र पन्चकन्याका १/१ जना रहेका छन् ।

हाल जिल्लामा ५१९ जना सक्रिय कोरोना सङ्क्रमित बिरामी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा ३० जना अस्पताल, ५ जना सेन्टरमा र ४८४ होम आइसोलेसनमा उपचारत रहेका छन् ।

यस्तै, सोमबार ४ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।

तथ्यांकअनुसार जिल्लामा कोरोनाबाट दुइको मृत्यु भएको छ भने १ हजार ७५३ कोरोना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश