Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रहेनन् धादिङका शैक्षिक धरोहर कृष्णप्रसाद दाहाल

रहेनन् धादिङका शैक्षिक धरोहर कृष्णप्रसाद दाहाल
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालका पिता कृष्णप्रसाद दाहालको मंगलबार कोरोना सङ्क्रमणको कारण त्रिशुली अस्पतालमा निधन भएको छ ।

कोभिड-१९ को संक्रमणपछि त्रिशुली अस्पतलामा उपचारत धादिङका शैक्षिक धरोहरका रुपमा परिचित दाहाल गत साता आईसियुमा भर्ना भएका थिए । आज उनको उपचारको क्रममा बिहान ११ बजे ७२ वर्षको उमेरमा निधन भएको त्रिशुली अस्पतालले जनाएको छ ।

उनी त्रिशुली अस्पतालमा कार्यरत वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मधुकर दाहालका पिता हुन् । साथै उनी धादिङ जिल्लाको विशिष्ट श्रेणीको पहिलो शिक्षक, नेशनल प्याब्सनका केन्द्रीय सदस्य तथा धादिङका संस्थापक अध्यक्ष र धादिङ बोर्डिङका संस्थापक समेत हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश