Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

शान्ति समाजको २६ औँ स्थापना दिवसमा खाद्यान्न सामाग्री हस्तान्तरण

शान्ति समाजको २६ औँ स्थापना दिवसमा खाद्यान्न सामाग्री हस्तान्तरण
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानलाई खाद्य सामग्री सहयोग गरेको छ ।

समाज स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले विदुर नगरपालिका वडा नम्बर ५ देविघाटमा रहेको प्रतिष्ठानलाई खाद्यान्न सहयोग गरेको मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष नारायण श्रेष्ठ जानकारी दिए । सहयोग गरिएको सामाग्रीहरु चामल, बिस्कुट, तेल, चिया र चिनी लगायतका खाद्यान्न रहेको छ ।

हाल ३९ जिल्ला शाखा र एक हजार ४०० भन्दा बढी आजीवन सदस्य रहेको समाजमा स्थापनाकालदेखि सदस्यता लिनेहरुको सङ्ख्या १२ हजार नाघेको समाजले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश