Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
बागमती सन्देश
५ साल अगाडी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै मूल्य बढाएको निगमले जनाएको छ ।

निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको निगमले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । यसैगरि आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ ।

निगमका अनुसार गएराती १२ बजे पछिबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ हुने भएको छ । मट्टितेल र डिजेलको १०८ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ । यसअघि उपत्यकामा निषेधाज्ञा शुरु भएपछि जेठ २ गते मूल्य बढेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश