Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

हेफर ईन्टरनेशनलद्वारा शिवपुरी गाउँपालिकालाई आर्थिक सहयोग

हेफर ईन्टरनेशनलद्वारा शिवपुरी गाउँपालिकालाई आर्थिक सहयोग
बागमती सन्देश
५ साल अगाडी

नुवाकोट – हेफर ईन्टरनेशनल नेपालले शिवपुरी गाउँपालिकालाई कोभिड नियन्त्रणकाे लागि चार लाख रुपैंयाँ सहयोग गरेको छ।

बुधबार हेफर ईन्टरनेशनलबाट प्राप्त सहयोग थानापति महिला साना किसान सहकारीका अध्यक्ष कमला थपलियाले गाउँपालिका अध्यक्ष रामकृष्ण थापालाई उक्त रकमको चेक हस्तान्तरण हो ।

उक्त सहयोग रकम कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतीको समन्वयमा फोकस नेपाल संस्था र थानापति महिला साना किसान सहकारीको सहकार्यमा प्रदान गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले कोभिड नियन्त्रणका लागि गाउँपालिकाले तिव्र गतिमा काम गरिरहेकाे र विभिन्न संघ/सस्थाले गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश