Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बोधिसत्व विहारद्वारा थानापति स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बोधिसत्व विहारद्वारा थानापति स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – शिवपुरी गाउँपालिका-८ मा रहेको थानापती स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

बोधिसत्व विहार काठमाडौँ तथा जीपी फाउन्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकको पहलमा उपलब्ध स्वास्थ्य सामाग्री स्वास्थ्य शुक्रबार चौकीका इन्चार्ज मिरा श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।

हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा अक्सिजन कन्सन्ट्रेटर, अक्समिटर, थम्रोगन, पिपिई, सेनिटाईजर, पञ्जालगायतका रहेको थानापति स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थपलिया जानकारी दिए ।

कोभिड-१९ महामारीविरुद्ध अग्रणी भागमा खटेका स्वास्थ्यकर्मीहरुको कार्य उल्लेखनीय रहेको र अहिलेको विषम परिस्थितिमा बिरामीको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको जीपी फाउन्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकले बताए ।

अक्सिजन कन्सन्ट्रेटरले विद्युत आपूर्ति नहुँदा २४ घण्टा सेवा प्रदान गर्नेछ । यस मेसिनको सहयोगले अक्सिजन उत्पादन गरी हाल कोभिड बिरामीहरुको उपचारमा सहज हुने जनाएको छ ।

दोस्रो भेरियन्टको रुपमा फैलिएको काेरोनाभाइरसको संक्रमणबाट बच्नको लागि बाेधिसत्त्व विहार बूढानीलकण्ठ काठमाडौंले देशभरि नै स्वास्थ्य सामग्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश