Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइनबाट बिजुलीको बिल तिर्दा थप शुल्क लाग्ने

अनलाइनबाट बिजुलीको बिल तिर्दा थप शुल्क लाग्ने
बागमती सन्देश
४ साल अगाडी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विभिन्न भुक्तानी सेवाप्रदायकमार्फत विद्युत महसुल भुक्तानी गर्नसक्ने व्यवस्था ल्याएको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले बुधबार एक सूचना जारी गर्दै १२ वटा निजी भुक्तानी सेवाप्रदायकको प्लेटफर्म प्रयोग गरी विद्युत महसुल भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।

यसअन्तर्गत पाँच सय रुपैयाँसम्मको महसुल तिर्दा सेवाशुल्क लिन पाइने छैन । पाँच सय रुपैयाँभन्दा माथिको महसुलमा भने सेवाप्रदायकले प्रतिकारोबार बढीमा पाँच रुपैयाँ सेवाशुल्क लिन पाउनेछन् ।

विद्युतीय भुक्तानीका लागि प्राधिकरणले आईक्यास प्रालि, आईएमई डिजिटल सोलुसन प्रालि, सेलकम प्रालि, हिमालयन बैंक, नेपाल डिजिटल पेमेन्ट कम्पनी, स्प्यारो पे (खल्ती), नेपाल इन्भेस्टमेन्ट बैंक, ईसेवा फोनपे प्रालि, प्रभु पे, महालक्ष्मी विकास बैंक, सजिलो पे पेमेन्ट सर्भिसेस प्रालि र पे वेल नेपाल प्रालिसँग सम्झौता गरिसकेको छ ।

प्राधिकरणका अनुसार पे वेल नेपाल प्रालिले रू. एक हजारसमको विद्युत महसुल भुक्तानीमा निःशुल्क संकलन गर्ने र सोभन्दा माथिको रकममा प्रतिकारोबार तीन रूपैयाँ लिन पाउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश