Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

भट्टलाई युवा पत्रकारिता पुरस्कार

भट्टलाई युवा पत्रकारिता पुरस्कार
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – प्रेस काउन्सिल स्थापना दिवसको अवसरमा पत्रकार देवचन्द्र भट्ट “प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार”बाट पुरस्कृत भएका छन् ।

प्रेस काउन्सिल नेपालले हरेक वर्ष प्रदान गर्दै आईरहेको युवा पत्रकारिता पुरस्कार नुवाकोटबाट भट्टको नाम छनोट भएको थियो ।

विगत दुई दशक देखि माेफसलमा रहेर निरन्तर पत्रकारितामा सकृय पत्रकारको रुपमा रहेर विभिन्न विधामा कलम चलाँउदै आईरहेका छन् । पत्रकार भट्ट राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट र नेपाल टेलिभिजनका जिल्ला संवाददाता पनि हुन् ।

यसरी नै प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारमा घनश्याम खड्का, उर्वशी बस्नेत, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, चूडामणि लिम्बू, भगवती थापा र शिवकुमार रिजालले पाएका छन् ।

काउन्सिलले दश विधामा देशभरबाट क्रियाशील रहेका पत्रकारहरुलाई पुरस्कृत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश