नुवाकोट- विदुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पूर्णध्वजमाथि आक्रमण भएको छ। स्वास्थ्य प्रमुख तथा जनस्वास्थ्य अधिकृत श्रेष्ठमाथि कार्यालयमै दुर्व्यवहार र आक्रमण भएको हो।
असोज १४ गते बिहिबार दिउँसो करिब २ बजेर ४० मिनेट सेवाग्राहीको नाममा प्रवेश गरेका विदुर नपा-१३ का धिरेन्द्र तामाङबाट श्रेष्ठमाथि सांघातिक आक्रमणको कुण्ठित मानसिकताको घटना प्रति विदुर नगरपालिकाका कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।
पत्रमा भनिएको छ “जनसेवामा समर्पित रहदाँ रहँदै पनि सेवाग्राहीको रुपमा कार्यालयमा प्रवेश गरि सरकारी पोशाकमा सेवामा खटिदै गरेको जिम्मेवार कर्मचारीमाथि भएको निन्दनीय कुकृत्य प्रति सम्पूर्ण प्रशासन संयन्त्र र राष्ट्रसेवक कर्मचारीहरुलाई नै चुनौतीको विषय हो ।”
यसको विरोधमा कार्यालयका कर्मचारीहरुले शुक्रबार कामकाज ठप्प पारी पेनडाउन गरेका छन् । उनीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन्।





प्रतिक्रिया