Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय योग दिवसमा रक्तदान

राष्ट्रिय योग दिवसमा रक्तदान
बागमती सन्देश
४ साल अगाडी

विदुर – नुवाकोटमा पनि सातौँ राष्ट्रिय योग दिवस मनायो । योग दिवसको अवसरमा शनिबार पतञ्जली योग समिति नुवाकोट र महिला पतञ्जली योग समितिको संयुक्त आयोजनामा सदरमुकाम विदुरमा रक्तदान कार्यक्रम गरेको हो ।

रक्तदानमा महिला ५ जना र पुरुष १४ जनाले रक्तदान गरेको पतञ्जली योग जिल्ला समिति नुवाकोटको महामन्त्री उत्सव अर्यालले जानकारी दिए ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

२०७२ सालदेखि हरेक वर्ष माघ १ गतेका दिन नेपालमा योग दिवस मनाउने गरिएको हो । दिवसको यस वर्षको नारा ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने रहेको थियो । योगका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश