नुवाकोट – तारुकाको माघेसंक्रान्ति गोरु जुधाई मेला पहिलो पटक यस वर्ष महामारीको रुपमा रहेको कोरोनाका कारण रोकिएको थियो । कोभिड-१९ को बढ्दो संक्रमणका कारण प्रशासनबाट रोक लगाएकोमा स्थगित गोरु जुधाई मेलालाई अनौपचारिक रुपमा स्थानियले गोरु जुधाएका थिए ।
स्थानीय समाजसेवी शिव अधिकारीले तारुका चन्दनीका ४२ गोरुधनी किसानले नगदसहित सम्मान गरेका छन् । तारुकामा हुने ऐतिहासिक गोरु जुधाई मेलाका स्थगित भएतापनि गोरु धनीहरुलाई आफ्नो तर्फबाट एकलाख २६ हजार नगदसहित ‘माघेसंक्रान्ति गोरुधनी किसान पदक–२०७८’ ले सम्मान गरेका छन् ।
गोरु जुधाई मेला स्थगति हुन गइ संस्कृतिप्रेमी समुदायको मनोबल गिर्न नपाओस भन्ने हेतुले व्यक्तिगत तर्फबाट गोरुधनी किसानलाई दामासाहीले सहयोग र हौसला स्वरूप नगद र सम्मान गरेको उनले बताए ।




प्रतिक्रिया