Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट जेसीजमा सुवेदी

नुवाकोट जेसीजमा सुवेदी
बागमती सन्देश
४ साल अगाडी

विदुर – नुवाकोट जेसीज वर्ष २०२२ काे लागि नमराज सुवेदी सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शनिबार भएको नुवाकोट जेसीसको आठौँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अधिवेशनले कार्यकारिणी उपाध्यक्षहरूमा अर्जुनराज पाठक र बिनोद लामिछाने, उपाध्यक्षहरूमा करण खतिवडा, किशोर अर्याल, निरोज चित्रकार र हेमन्त रिमाल, महासचिवमा सुमन भण्डारी र कोषाध्यक्षमा रामधन ढकाल चयन भएको निर्वाचन संयोजक श्रीकृष्ण आचार्यले जानकारी दिएका छन् ।

जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश