Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

आज नुवाकोट जिल्ला कोरोनामुक्त

आज नुवाकोट जिल्ला कोरोनामुक्त
बागमती सन्देश
४ साल अगाडी

विदुर – आइतबार (आज) नुवाकोट जिल्ला कोरोनामुक्त भएका छन् । होमआईसोलेसनमा रहँदै आएका एक सक्रिय संक्रमित निको भएसंगै नुवाकोटमा संक्रमित र सक्रियको संख्या शुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीका अनुसार जिल्लामा अहिले कुनै पनि संक्रमित छैनन् । पुराना संक्रमित सबै निको भएर घर फर्किसकेका छन् ।

हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या ९ हजार ३६३ पुगेको छ । ९ हजार ३११ जना निको भएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । ३० हजार ९४३ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश