नुवाकोट – नेकपा एमालेको तर्फबाट विदुर नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदका उम्मेदवार अरुणकुमार श्रेष्ठले आफु निर्वाचित भएपछि स्थानीय तहबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
श्रेष्ठले आफ्नो पार्टीगत र व्यक्तिगत एजेण्डा प्रस्तुत गर्दै जाँदा जनताहरुले आशलाग्दो व्यक्तिको रुपमा स्वीकार गरेको बताए । जनताको निष्पक्ष सेवाको लागि उम्मेदवारी रहेको श्रेष्ठले बताए। समग्र वडाको विकासको साथै वडामा रहेका विपन्न गरिबी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको निम्ति कार्यक्रमहरु ल्याउने बताए।
यस्तै, वडाको विकासको लागि राइसिंचोक खुर्सानीखोला, पिंडालुबारी हुदैं भैरमकोट जोड्ने मोटर बाटो स्तरोन्नती गर्ने, सामरीखोला मुहान भइ ढाँडे–चारसय फाँट राइसिङं सिचाई परियोजना सम्पन्न गर्ने, बागभैरब, माझिगाउँ बागेश्वरी, कल्पेश्वर महादेव–थुम्का, भैरमकोट तथा पञ्चकन्या मन्दिर संरक्षण–पर्यटन प्रबर्धन गर्ने लगायतका घोषणापत्रमा उल्लेख छ।
प्रत्यासी वडाध्यक्ष श्रेष्ठको प्यानलमा मुना पुडासैनी (महिला सदस्य), इन्दिरा मिजार (दलित महिला सदस्य), खुल्ला सदस्यका द्वय श्रीकृष्ण रिजाल र सम्मरबहादुर रिमालले उम्मेदवारी दिएका छन् ।




प्रतिक्रिया