नुवाकोट – विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले चुनावी प्रचारप्रसारका लागि राखिएका प्रचारप्रसार सामाग्रीहरू हटाएका छन् ।
बुधबार विहान सदरमुकाम विदुर, ढुंगे, त्रिशुली लगायत आसपासका क्षेत्रहरूमा टाँस गरिएका प्रचारका सामाग्रीहरू व्यक्तिका घरहरूबाट हटाएका हुन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आफु र आफ्ना समुहको प्रचारप्रसारको लागि राखिएका सामाग्रीहरु आफु निर्वाचित भएपछि उक्त सामग्रीहरु हटाएको उनले बताए । उनले नगर क्षेत्रमा रहेका अन्य स्थानमा पनि त्यस्ता सामग्रीहरु हटाउन सबैमा अनुरोध गरेका छन् ।




प्रतिक्रिया