Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

शान्ति समाज नुवाकोटद्वारा शैक्षिक सामाग्री तथा पोशाक वितरण

शान्ति समाज नुवाकोटद्वारा शैक्षिक सामाग्री तथा पोशाक  वितरण
बागमती सन्देश
४ साल अगाडी

विदुर – मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाज नुवाकोटले आमाको माया छात्रावासमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर २ शिवालयस्थित रहेको जनजाती आश्रमद्वारा संचालित छात्रावासमा २४ जना बालकहरुलाई मानव अधिकार तथा शान्ति समाज नुवाकोट शाखाले बिहिबार स्थापना दिवसका असरमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरिएको समाजका सभापति नारायण श्रेष्ठले बताए ।

समाजका सभापति श्रेष्ठले केन्द्रिय सचिव रामप्रसाद जोशीको उपस्थितीमा छात्रावासका अध्यक्ष सोमप्रसाद पाण्डेलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।

यस्तै, माध्यमिक तह १० जोड दुईमा अध्ययनरत चार जनालाई पोशाक समेत प्रदान गरिएको सभापति श्रेष्ठले जानकारी दिए ।

शैक्षिक सामाग्री प्रसंशा बुक सेन्टर त्रिशूलीले सौजन्य गरेको सभापति श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश