Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नि:शुल्क हटलाइन सेवा सुरु

नि:शुल्क हटलाइन सेवा सुरु
बागमती सन्देश
४ साल अगाडी

नुवाकोट – तारकेश्वर गाउँपालिकाले २४सै घण्टा नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

बिहीबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले हटलाइन सेवाको शुभारम्भ गरेको हुन् ।

दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत सो क्रममा बताए ।

२४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनासंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश