Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

विदुर खानेपानीको बिल ईसेवाबाटै, तीन सहकारीको एपबाट पनि तिर्न सकिने

विदुर खानेपानीको बिल ईसेवाबाटै, तीन सहकारीको एपबाट पनि तिर्न सकिने
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले मोबाइल र इन्टरनेटबाट महशुल तिर्ने व्यवस्था गरेको छ ।

तेस्रो साना शहरी खानेपानी आयोजना अन्तर्गत संस्थाले बिहीबारदेखि ई-सेवासँग सहकार्य गरेर अनलाईनबाटै महशुल तिर्ने सेवा संचालनमा ल्याएको कार्यालय प्रमुख राजकुमार तिमिल्सिनाले जानकारी दिए । सेवाग्राहीहरुलाई रकम भुक्तानी गर्दा सहज र छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्यले अनलाईन सेवा सञ्चालनमा ल्याएको उनले बताए ।

खानेपानीको बिल नुवाकोटका तीन सहकारीको मोबाईल एपबाट पनि तिर्न सक्ने भएको छ । संगम साकोस त्रिशुली साकोस र सहयोगी बहुउद्देश्यीय सहकारीका मोबाईल एपका प्रयोगकर्ता तथा सदस्यहरुले पनि मोबाइलबाटै तिर्न सक्नेछन् । साथै एम डबली एपबाट पनि खानेपानीको बिल तिर्न सक्नेछ ।

काउन्टरमा गएर महसुल भुक्तानी गर्न सकिने व्यवस्था पनि यथावत नै राखिएको संस्थाले जनाएको छ ।

३५ सयभन्दा बढी सदस्य रहेको संस्थाले विदुर नगरपालिकाको वडा नम्बर १, २ ,४, ५, ६ र ९ का क्षेत्रमा सेवा प्रदान गर्दै आईरहेको छ ।

खानेपानीको बिल तिर्ने कसरी?

१) “प्ले स्टोर” वा “एप स्टोर”बाट इसेवा, संगम, त्रिशुली र सहयोगी साकोसका मोबाईल एप मोबाइलमा राख्ने,

२) खानेपानी ट्याप वा छनौट गर्ने,

३) प्रक्रियागत काउन्टरमा “Bidur Khanepani” छनौट गर्ने,

४) ग्राहक नम्बर राखी “Proceed” गर्ने,

५) आफुले तिर्नुपर्ने बिल विवरण, नाम, ग्राहक नम्बर मिलेपछि बिल तिर्ने

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश