काठमाडौं – व्यावसायिक रेडियोहरूको साझा संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) को बागमती प्रदेश सचिवमा मिक्स एफएमका स्टेशन म्यानेजर तथा जालपा न्युजका अध्यक्ष रुपा अर्याल सर्वसम्मत निर्वाचित भएकी छिन् ।
शनिबार र आइतबार भक्तपुरको जर्मन होम्समा सम्पन्न सातौं महाधिवेशनले अर्यालसहित केन्द्रीय कार्यसमितिका सबैलाई सर्वसम्मत चयन गरेको हो । बानको नयाँ अध्यक्षमा भने तत्कालिन कार्यबाहक अध्यक्ष कुमार भट्टराई निर्वाचित भएका छन् ।
त्यसैगरी बरिष्ठ उपाध्यक्षमा उज्ज्वल चौलागाई, उपाध्यक्षमा दुर्गा अधिकारी, गोविन्दराज रोस्वारा, राजकुमार थापा, महासचिवमा नविनवावु राई, उपमहासचिवमा नवराज खनाल, सचिवमा किरण पाण्डे, महिला सचिवमा रेवती पराजुली, कोषाध्यक्षमा हरि जोशी र सहकोषाध्यक्षमा विपिन ढुङ्गाना निर्वाचित भएका छन् ।
कुल ३७ सदस्यीय कार्यसमितिमा हरेक प्रदेशबाट १/१ जना र बाँकी खुल्ला सदस्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक रमेश जोशीले जानकारी दिए ।




प्रतिक्रिया