विदुर – नुवाकोटको साविक मदानपुर गाविस घर भई हाल काठमाडौं निवासी ७५ वर्षिय ईश्वर सिलवालले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् ।
आफ्नो व्यक्तिगत खर्चमा लिखु गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिकादेवी आधारभुत विद्यालयका ५७ जना बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेका हुन् । विद्यार्थीहरुलाई वितरण गरिएको सामाग्रीमा न्यानो कपडा, टोपी, जुत्ता मोजा रहेको सिलवालले जानकारी दिए ।
सिलवालले आफ्ना छोराहरुले विदेशबाट पठाएको रकम र सामाजिक सुरक्षा भत्ताको रकम जोगाएर बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको जानकारी दिए ।
यस्तै, उनले लिखु गाउँपालिका वडा नम्बर ४ मा रहेका ११ जना अशक्त तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुको घरमा पुगेर समेत न्यानो कपडा वितरण गरेको स्थानिय रामचन्द्र अगस्तीले जानकारी दिए ।
यसअघि उनले जिल्लाको पन्चकन्या गाउँपालिका वडा नम्बर २ मा रहेको गुरुकुल र लिखु गाउँपालिका वडा नम्बर ६ को विभिन्न स्थानमा खाद्यान्न वितरण गरेका थिए ।




प्रतिक्रिया