Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मुद्रा विप्रेषक संघ र श्रम मन्त्रीबीच भेटवार्ता

मुद्रा विप्रेषक संघ र श्रम मन्त्रीबीच भेटवार्ता
बागमती सन्देश
३ साल अगाडी

काठमाडौं । विदेशबाट वैधानिक रुपमा रेमिट्यान्स भित्याइरहेका व्यवसायीहरुको संस्था नेपाल मुद्रा विप्रेषक संघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसंग भेटवार्ता गरेको छ । संघका अध्यक्ष चन्द्र टण्डनको नेतृत्वले बुधबार श्रम मन्त्रालय पुगेर नवनियुक्त मन्त्रीलाई बधाई ज्ञापन व्यक्त गरेका हुन् ।

भेटघाटका क्रममा मन्त्री अर्यालले संघका पदाधिकारीहरुबाट पेश भएका माग र सुझावहरु लाई आगमी दिनमा सम्बोधन गरिने बताए । विभिन्न देशहरुमा अलपत्र परेका नेपालीहरुलाई देश फर्कन, नेपाल ल्याउन नसकेका बेबारिशे लासहरु, ब्लडमनि तिर्न नसकेर विभिन्न जेलमा थुनिएका नेपालीहरुको तथ्याङ्क द्रुत गतिमा संकलन गरि यथाशिघ्र कार्यान्वयनको लागी पहल भइ सकिएको र अन्य विषयहरुमा पनि यथाशिघ्र कार्यान्वयनको पक्षमा रहेको मन्त्री अर्यालले जानकारी दिएका छन् ।

भेटमा नेपालमा वैधानिक माध्यमबाट उल्लेख्य मात्रामा रेमिट्यान्स भित्याउने भन्ने विषयमा छलफल भएको अध्यक्ष टन्डनले जानकारी दिए ।

छलफलमा रेमिट्यान्स व्यवसायका साथै विदेशमा रहेका श्रमिकहरुको हक, अधिकार सुरक्षित गर्न मन्त्रालयले चाल्नुपर्ने कदमका विषयमा समेत छलफल भएको थियो ।

रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीहरुलाई नेपाल आउँदा कम्तिमा एक जना विदेशी पाहुना पनि लिएर आउने अभियान थाल्नुपर्ने प्रस्ताव समेत संघले पेश गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश