Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रेडक्रस सभापतिमा श्रेष्ठ

रेडक्रस सभापतिमा श्रेष्ठ
बागमती सन्देश
३ साल अगाडी

विदुर – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको सभापतिमा हरि श्रेष्ठ निर्वाचित भएका छन् ।

सोमबार भएको रेडक्रसको ३४औं अधिबेशनबाट श्रेष्ठले फराकिलो ९५ मतान्तरले विजयी भएका हुन् । उनले १११ मत ल्याउँदा प्रतिद्वन्धी शिव गुणीले १६ मत मात्र प्राप्त गरेका छन् ।

नयाँ कार्यसमितिको उपसभापतिमा निरञ्जनप्रसाद आचार्य, महिला उपसभापतिमा सुशिला चित्रकार, मन्त्रीमा उद्दव शर्मा रिजाल, उपमन्त्री प्रेमप्रसाद रिमाल र उपकोषाध्यक्षमा क्षेत्रबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा द्वय नवराज सुवेदी (९०) निर्वाचित भएका छन् ।

महिला सदस्यहरुमा सुशिला श्रेष्ठ (७५), निर्मला प्याकुरेल (६९) र पार्बती भट्ट हुँमागाई (६६) मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सदस्यहरूमा विनोद पाठक (७६), रमेश गिरी (६०), ज्ञानेन्द्र गिरी (५६), रूपबहादुर तामाङ (५९), केशव कुमार सुबेदी (५५), राजकुमार भट्टराई (५०) र शंकर अमात्य (४८) मत ल्याएर निर्वाचित भएका छन् ।

रेडक्रसको २३ उपशाखा र १३७ सदस्य रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश