Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट सेवा समाज युएईको अध्यक्षमा कार्की

नुवाकोट सेवा समाज युएईको अध्यक्षमा कार्की
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – नुवाकोट सेवा समाज युएईको अध्यक्षमा नविन कार्की चयन भएका छन् । कार्कीको अध्यक्षतामा २० सदस्यीय कार्य समिति गठन भएको छ ।

शनिबार भएको साधारणसभा तथा अधिवेशनबाट समाजकाे बरिष्ठ उपाध्यक्ष रविनकुमार खड्की, उपाध्यक्ष कमल अधिकारी, उपाध्यक्ष अम्बिका मोहरा, महासचिवमा जगन अधिकारी, सचिवमा सुजन थापा, कोषाध्यक्षमा ईश्वर घिमिरे, सहकोषाध्यक्षमा पार्वती न्यौपाने, प्रवक्तामा सबिना भट्ट चयन भएका छन् ।

सदस्यहरूमा भने श्याम शिवभक्ति, मेनुका अधिकारी, भानुभक्त दाहाल, रञ्जना गौतम, सञ्जय तमाङ, राजेन्द्र खड्का, बिष्णु रिमाल, राजिन्द्र गौतम, सुमित्रा राई, हेमराज नेपाल र राजुविक्रम खतिवडा चयन भएका छन् ।

यसैगरी समाजको सल्लाहकारमा बासुदेव ढुङ्गाना, राजुराज फुयाल र कानुनी सल्लाहकारमा प्रल्हाद पाठक चयन गरिएको छ ।

समाजका नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो नेतृत्वको लागि समाजले आगामी दिनमा समाज र समाजवासीको हित, सुख, शान्ति र विकासका लागि आफूलाई पूर्ण समर्पित गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साधारणसभामा समाजका अध्यक्ष बासुदेव ढुंगाना, बरिष्ठ-उपाध्यक्ष रबिन खड्गी, महासचिव इश्वर घिमिरेलगायतले समाजको वार्षिक नीति तथा कार्यक्रम र प्रगति विवरणबारे प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश