Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

लेखापढी एसोसिएसनको अध्यक्षमा उत्तमराज

लेखापढी एसोसिएसनको अध्यक्षमा उत्तमराज
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको अध्यक्षमा उत्तमराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार विदुरमा भएको एसोसिएसनको ८ औं अधिवेशनबाट पाण्डेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।

समितिको उपाध्यक्षमा राजेन्द्र पाण्डे, सचिवमा रुकबहादुर हमाल, सहसचिवमा श्यामराज पाण्डे, कोषाध्यक्षमा शुसिला वाइबा तामाङ र सहकोषाध्यक्षमा नितु थापा शाह निर्वाचित भएका छन् ।

कार्यसमितिका सदस्यहरुमा तोयानाथ गजुरेल, गोविन्द चालिसे, सृजना तामाङ, माधव सिलवाल, सुरेन्द्र श्रेष्ठ, राजेन्द्रप्रसाद पाण्डे र नारायण पौडेल रहेका छन् ।

कार्यक्रममा जिल्ला न्यायाधीश मदनबहादुर धामिले सेवाग्राहीको अवस्था र मर्मलाई बुझेर सहजीकरण गर्ने र निस्वार्थ भावनाले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिएका छन्। साथै नयाँ कार्यसमितिले प्रविधि मैत्रीपूर्ण, समय सापेक्ष प्रशिक्षणमूलक कार्यक्रमहरु आयोजना गरी सेवाग्राहीलाई सरल छिटोछरितो ढङ्गले कार्यसम्पादन गर्न शुभकामना व्यक्त गरेका छन्।

नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन समितिका संयोजक उत्तम घिमिरेले सपथ ग्रहण गराएका थिए ।

साधारणसभामा आयव्ययको प्रतिवेदन एसोसिएसनका कोषाध्यक्ष तोयानाथ गजुरेलले प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश