Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

सहकारी दिवसमा प्रभातफेरी

सहकारी दिवसमा प्रभातफेरी
बागमती सन्देश
३ साल अगाडी

विदुर – ६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा नुवाकोटमा पनि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला सहकारी संघ र विदुर नगर सहकारी समन्वय उपसमितिद्वारा आयोजित विदुर नगरपालिकामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

सहकारीको दिगोपना, स्वनियमन र सुशासन भन्ने मुल नाराका साथ सहकारी दिवस सप्ताहव्यापी कार्यक्रम अन्तर्गत त्रिशूली बजार पावर हाउस गेट र बट्टारको पुरानो बजारदेखि सहकारी संघ विदुरसम्म प्रभातफेरी गरिएको संघका अध्यक्ष गोकर्णनाथ न्यौपानेले जानकारी दिए ।

प्रभातफेरीसँगै कोणसभा गरी कार्यक्रम सम्पन्न भएको छ ।

प्रभातफेरीमा विभिन्न विषयगत सहकारी संघका अध्यक्ष तथा समिति, शेयर सदस्य र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश