Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

भरूवा बन्दुक पड्कीएर एक जनाको मृत्यु

भरूवा बन्दुक पड्कीएर एक जनाको मृत्यु
बागमती सन्देश
३ साल अगाडी

नुवाकोट – म्यागङ गाउँपालिका-४ बस्ने ३२ वर्षीय पन्जा घलेको भरूवा बन्दुक पड्कीँदा शनिबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित किम्ताङ गङमरङ सामुदायिक वनमा घले र सोही ठाउँ बस्ने ३० वर्षीय अमृत तामाङ शिकार खेल्न हिँडेको अवस्थामा अमृत एक्कासि लड्दा लोड भएको भरुवा बन्दुक पड्किएर घलेलाई छातिमा छर्राले लाग्दा घलेको मृत्यु भएको हो ।

अमृतलाई १ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश