Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

घिमिरेद्वारा एक थान व्हीलचेयर वितरण

घिमिरेद्वारा एक थान व्हीलचेयर वितरण
बागमती सन्देश
३ साल अगाडी

विदुर – समाजसेवी तथा सफल व्यवसायी सुदिप घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत एक बिरामीलाई व्हील चेयर हस्तान्तरण गरेको छ ।

प्यारलाइसिस भएका बेलकोटगढी नगरपालिका-८ पार्वती चौरका ८० वर्षीय हरिबहादुर अधिकारीलाई एक थान व्हील चेयर प्रदान गरिएको समाजसेवी घिमिरेले जानकारी दिए ।

विगत ५ वर्षदेखि प्यारलाइसिस भएर कठिन जीवनयापन गर्दै आईरहेको स्थानीयबाट जानकारी भएपश्चात् अधिकारीको जीवनयापनमा सहजता पुर्याउन व्हील चेयर प्रदान गरिएको घिमिरेले बताए ।

घिमिरेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा जिल्लामा आईपर्ने कोरोना तथा अन्य बिपत्तिहरु बाढी, पहिरोलगायतका बिपतको समयमा सहयोग गर्दै आईरहेका छन् ।

घिमिरे अलमेड सर्जिकल प्रालिका काठमाडौंका सञ्चालक हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश