नुवाकोट – बेलकोटगढी नगरपालिका-११ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालयलाई आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । भूतपूर्व विद्यार्थी मञ्चलगायत संस्थाले विद्यालयलाई प्रिन्टर, स्टेशनरी, विद्यार्थीका लागि पोशाक लगायत शैक्षिक सामाग्री हस्तान्तरण गरेको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच भूतपूर्व विद्यार्थी मञ्चकातर्फबाट पूर्व विद्यार्थी एवं बेलकोटगढी नपा-११ का वडाध्यक्ष प्रकाशजंग पाण्डेले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपी पाण्डेको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक अशोक कर्णलाई फोटोकपी मेसिन हस्तान्तरण गरेका छन् । कार्यक्रममा वडाध्यक्ष पाण्डेले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगततर्फबाट विद्यालयलाई आवश्यक पर्ने स्टेशनरी सामाग्री समेत हस्तान्तरण गरेका छन् ।
हाल विद्यालयमा शिक्षक समेत रहेका मञ्चका महासचिव ठाकुरजंग पाण्डेको पहलमा विद्यालयलाई प्रिन्टर सहितका सामाग्री प्राप्त भएको विद्यालयले जनाएको छ ।
यसैबीच, साथै सोही कार्यक्रममा काठमाडौँ विश्वविद्यालय कलेज अफ म्यानेजमेन्ट कुसुम फेष्टिवल २०२३ को तर्फबाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक प्रदान गरिएको छ । विद्यालय सहयोग कार्यक्रमका संयोजक इच्छुक पौडेलसहित ,साकार शर्मा र समिन अर्यालमार्फत विद्यालयलाई सरसफाई सामग्री तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष पाण्डेले विद्यालयको शैक्षिक एवं भौतिक विकासका लागि आफ्नो तर्फबाट सहयोग निरन्तर रहने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अशोक कर्णले विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक सामाग्री उपलब्ध गराएकोमा संघसंस्थालाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग निरन्तरताको अपेक्षा व्यक्त गरेका थिए ।




प्रतिक्रिया