Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नागरिक समाजको ध्यानाकर्षण

नागरिक समाजको ध्यानाकर्षण
बागमती सन्देश
२ साल अगाडी

विदुर – नागरिक समाज नुवाकोटले धरान उपमहानगरपालिकामा आपसी सद्भाव भड्किने किसिमको गतिविधि भइरहेकोले आज आईतबार जिल्ला प्रशासन नुवाकोटमार्फत गृह मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

समाजका अध्यक्ष बद्री त्रिपाठीको टोलिले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई उक्त पत्र बुझाएका हुन् ।

पत्रमा भनिएको छ “पछिल्लो समय नेपाको पूर्वी कोशी प्रदेशको धरान उपमहानगरपालिकाभित्र नेपालको सद्भाव भड्किने किसिमको गतिविधि भाइरहँदा समेत सरकार टुलुटुलु निरिह भइ बसेको जस्तो देखिन्छ । ओमकार परिवारभित्र रहेका (हिन्दु, बौद्ध, किराँत तथा मुस्लिमको समेतको सद्भाव रहेको) सबैले नेपालको संविधानले राष्ट्रिय जनावरको रुपमा मानेको ९० प्रतिशतभन्दा बढी जनसंख्याको धार्मिक आस्थामाथि खेलबाड भइरहँदा राज्य टुलुटुलु हेरेर बस्नु मात्र हुन्न । तुरुन्त कारवाही हुनुपर्दछ ।”

समाजले सबै जातजाति, भाषाभाषी मिलेर रहेको यो देशको साझा राखीरहन सबैले आपसी सद्भाव, सहकार्य गर्न ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश