Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार दिपक लामा पुरस्कृत

पत्रकार दिपक लामा पुरस्कृत
बागमती सन्देश
२ साल अगाडी

रसुवा – स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो रसुवाका सञ्चालक तथा पत्रकार दिपक लामा पुरस्कृत तथा सम्मानित भएका छन् ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको नवौ वार्षिक साधारणसभाको अवसरमा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले पत्रकार लामालाई ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरेका छन्।

सामुदायिक सञ्चारको सम्भावना पहिल्याई २०६८ सालदेखि नेपाली मनको हिमाली आवाज बुलन्द पार्न जिल्लामै पहिलो सामुदायिक रेडियो “रेडियो रसुवा स्थापना गरी जिल्लाको समग्र राजनीतिक, आर्थिक सामाजिक, शैक्षिक, जनस्वास्थ्य, सांस्कृतिक एवं ऐतिहासिक विषयमा जनचेतनाको प्रवर्द्धन गरी रसुवाको कृषि, पशुपालन, वन, वातावरणलगायतमा समसामयिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार लामालाई पुरस्कृत एवं सम्मानित गरिएको रेडियो लाङटाङका अध्यक्षमा सोहम सुवेदी जानकारी दिए ।

पत्रकार लामा विगत १२ वर्षदेखि रेडियोको साथै विभिन्न पत्रपत्रिका, पत्रकार संगठनको साथै सामुदायिक रेडियो प्रसारक संघ (अकोराब नेपाल) बागमती प्रदेशका सचिव समेत हुन् । पत्रकार लामा गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चे निवासी हुन् ।

पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङले कालिका गाउँपालिका स्याउबारीबाट पर्यटन, कृषि, स्वास्थ्यलगायतका सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रम प्रसारण गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश