Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा पनि सुरु भयो गैर आवासीय नेपाली नागरिकता वितरण

नुवाकोटमा पनि सुरु भयो गैर आवासीय नेपाली नागरिकता वितरण
बागमती सन्देश
२ साल अगाडी

विदुर – जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ ।

प्रशासन कार्यालयले हाल बेल्माजियम बसोबास गर्दै आएका विदुर नगरपालिका-१३ निवासी बासुदेव खड्कालाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो ।

खड्कालाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नागरिकता प्रदान गरे । अन्य गैर आवासीय नेपालीहरूले पनि गैर आवासीय नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटमा निवेदन दिएका पौडेलले बताए ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ।

गैर आवासीय नागरिकता पाएकाहरूले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्न पाउने छैनन्। तर, उनीहरूले नेपालमा व्यवसाय गर्न र नेपालमा सम्पत्ति राख्न भने पाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश