Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

त्रिग्या सहकारीले दुई करोड ऋण लगानी गर्ने

त्रिग्या सहकारीले दुई करोड ऋण लगानी गर्ने
बागमती सन्देश
२ साल अगाडी

नुवाकोट – कोलनीमा रहेको त्रिग्या बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष अनिल कुमारले आर्थिकवर्ष २०७९/०८० को  संस्थागत कार्य प्रगति विवरण, आगामी भावी योजनाहरु तथा प्रतिवेदन पेश गरेका थिए ।

संस्थाका कोषाध्यक्ष मधुकुमारी लामा गुरुङले आर्थिक आयव्यय र लेखा सुपरिवेक्षण समितिको संयोजक मेखामाया घलेले संस्थाको लेखा समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सहकारीका अध्यक्ष तामाङले देशबाहिरबाट आर्जन गरका आयमुलकसीप र अनुभवहरु सदुपयोग गरेर स्थापना गरिएको बताए ।

चालुआर्थिक वर्षमा दुई करोडको ऋण लगानी बढाउने सहकारीको लक्ष्य रहेको सहकारीले जनाएको छ ।

कार्यक्रमका बीच असल बचतकर्ता, असल ऋणी, ज्येष्ठ  नागरिक, नानिबाबु बचत, असल नारी बचतलाई सम्मान गरेको छ ।

कार्यक्रममा सहकारीका कर्मचारी सिर्जना तामाङलाई कार्य सम्पादनको आधारमा यस वर्ष उत्कृष्ट कर्मचारीबाट सम्मान गरेको छ ।

सहकारीमा चार सय चार जना शेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश