Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले महोत्सवको उद्घाटन गर्ने

प्रधानमन्त्रीले महोत्सवको उद्घाटन गर्ने
बागमती सन्देश
२ साल अगाडी

विदुर – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोट महोत्सवको उद्घाटन गर्ने भएको छ ।

आठौं संस्करणको महोत्सव यहि माघ २६ गते प्रधानमन्त्रीले उद्घाटन शुक्रबार हुने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

आज प्रतिनिधिसभा कानुन न्याय तथा मानव अधिकार समिति सभापति सांसद बिमला सुवेदी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघ सदस्य ताराबहादुर कार्की र संघका पदाधिकारीहरुको टोलिले प्रधानमन्त्री कार्यालय पुगेर प्रमुख अतिथिका निमन्त्रणा दिएका हुन् ।

महोत्सव फागुन ७ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा कृषि, घरेलु उत्पादन, कला, संस्कृति लगायतका प्रदर्शनीहरु पनि राखिएको छ।

विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा आयोजना हुन लागेको महोत्सवमा २५० भन्दा बढी स्टलहरु रहनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश