Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

मारुनी नाच प्रतियोगिता हुदैँ

मारुनी नाच प्रतियोगिता हुदैँ
बागमती सन्देश
२ साल अगाडी

रसुवा – बागमती प्रदेशमै पहिलोपटक रेडियो लाङटाङको आयोजनामा क्षेत्रियस्तरको मारुनी नाच प्रतियोगिता हुने भएको छ ।

समाजको सांस्कृतिक समृद्धिको जिवीत प्रमाणका रुपमा रहेको मौलिक बाजागाजा तथा नाचगान प्रवर्द्धन, लोक संस्कृतिलाई जगेर्ना र अहिलेका पिंढीलाई लोकसंस्कृतिको जानकारी दिन मारुनी नृत्य प्रतियोगिता गर्न लागिएको आयोजक रेडियो लाङटाङका सचिव गीता न्यौपानेले बताईन् ।

यहि फागुन २६ शनिबार हुने प्रतियोगिताका विजेता प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, २० हजार र १५ हजार रुपैंया नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त उनले जानकारी दिईन् ।

धैवुङमा हुने प्रतियोगितामा सहभागिताको लागि फागुन २४ गतेभित्र नाम दर्ता गर्नुपर्ने छ ।

पश्चिमा संस्कृतिले मौलिक नेपाली संस्कृतिलाई धरासायी बनाएकोले नेपाली सामाजिक मूल्य, मान्यतालाई संरक्षण गर्ने हेतूले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।

मारुनी गीत नेपाली कथानक चलचित्र “बन्धकी”

प्रतिक्रिया

लेखकको बारेमा

बागमती सन्देश